COVID-19 का लक्षणहरु: सुख्खा खोकी लाग्ने, स्वासप्रश्वासमा अप्ठ्यारो हुने, ज्वरो आउने, टाउको र जिउ दुख्ने, एक्सरे गर्दा भाईरल निमोनिया देखिने, लिम्फोसाइटस र WBC को Level घट्ने । COVID-19 बच्ने उपायहरु : सर्जिकल मास्कको प्रयोग गर्ने, प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, रुघाखोकी लाग्द टिस्यु पेपर वा सफा कपडाले नाक छोप्ने, जनावर तथा पशुपन्छिबाट टाढा रहने , भिडभाडमा नजाने , खाना खानुअघी खाइसकेपछी वा अन्य समयमा १० देखी १५ पटकसम्म साबुन पानीले हात धुने, बिरामी मनिसको सम्पर्कमा नआऊने । साबधानी अपनाऔँ आफु पनि बचौँ अरुलाई पनि बचाऔँ

साबधानी अपनाऔँ, आफु पनि बचौँ, अरुलाई पनि बचाऔँ !!!

मध्यपश्चिम विश्वविद्यालय विरेन्द्रनगर सुर्खेतको अनुरोध !!!!

संसार यतिबेला कोरोना भाइरस अथवा COVID-19 को माहामारीले आक्रान्त छ । देशका धेरै जसो ठाउँमा लकडाउनको स्थिति छ। यस्तो अवस्थामा सरकारको अपिल र सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको अनुरोध पलाना गरौँ । सकभर घर बाहिर ननिस्कौँ, नेपाल सरकारको तोकेको परिधि भित्र रहेर घर बाहिर निस्कनै परे पनि घरबाट निस्कनु अघी मास्क, पन्जा र लामो बाहुला भएको लुगा लगाउँ , कपाल राम्रो सँग बाधौँ साथै झुम्का, बाला, ब्रास्लेट, औठी जस्ता गहना नलगाउँ । सकेसम्म नगद कारोबार नगरौँ, गरेमा सकेसम्म यथासिघ्र साबुन पानी वा सेनिटाइजरले सफा गरौँ । हात सफा नगरेसम्म अनुहारमा बिल्कुल नछोउँ । साथमा सधैं टिस्यु पेपर बोकेर हिडौँ , कुनै चिज छुनुपरेमा टिस्यु पेपरको प्रयोग गरौँ । टिस्यु पेपर प्रयोग गरिसकेपछी कुच्याएर डस्टबिनमा फालौँ । खोक्दा वा हाछ्युँ गर्दा कुहिनाले मुख छोपौँ । अरु व्यक्तिहरुबाट १ मिटर वा ३ फिट टाढा बसौँ । मदिरा प्युने ब्यक्तिलाई कोरोना संकर्मण हुँदैन भन्ने भ्रमक हल्लाको पछी नलागौँ र मध्यपान गर्न तत्काल छोडौँ । सुर्तिजन्य पदार्थ जस्तै चुरोट, सुर्ती, तम्बाकु, गुट्खा जस्ता पदार्थहरुले हाम्रो फोक्सोमा प्रत्यक्ष रुपमा असर गर्दछ र क्यान्सर जस्ता प्राणघातक रोगहरु समेत निम्त्याउछ । कोरोना अर्थात COVID-19 बिरुद्द लड्न पनि तपाईं हामीलाई स्वस्थ फोक्सोको आवश्यकता पर्दछ तसर्थ सुर्तीजन्य पदार्थको सेवन तत्काल छोडौँ स्वस्थ र दिर्घ जीवन बाचौँ ।

- मध्यपश्चिम विश्वविद्यालय विरेन्द्रनगर सुर्खेतद्वारा जनहितमा जारी शन्देश !

COVID-19 Update

Total Coronavirus Cases Deaths Recovered
World 14,043,778 594,781 8,333,787
Nepal 17,445 40 11,534

Last Update : 2020-07-17 21:48:46 Source : WHO / Worldometer

Events, Programs and Awareness Messages

कोरोना लाग्दैमा मान्छे मर्दैन ,साहस र आत्मबल कमजोर नपारौ । Expert Prof. Dr. Nanda Bahadur Singh

My Hero is You | तिमी मेरो हिरो हौ - कसरी बच्चाहरुले कोभिड-१९ सँग लड्न सक्छन्

के तपाईले घर बाटै काम गर्नु परिरहेको छ ? जनहितमा जारी सन्देश ।

लकडाउनमा Zoom र Google Classroom प्रयोग गरी कसरी पठन-पाठन र मुल्याङ्कन गर्ने ?

एमयुद्वारा जनहितमा जारी सन्देश

सचेतनाका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सन्देश

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सन्देश|| MESSAGE FROM MID-WESTERN UNIVERSITY

म.प.वि. उप-प्राध्यापक पन्चदेव भट्टद्वारा तयार पारीएको कोरोना सम्बन्धी विश्लेशणात्मक तथा जनचेतना मुलक भिडियो ।

नोभल कोरोना भाइरसको खतरालाई कसरी कम गर्ने?

विरेन्द्रनगर नगरपालिकाको राहत वितरण सम्बन्धी अत्यन्त जरुरी सुचना !

Important Phone Numbers

Name Phone
Karnali Pardesh Hospital 083-520200
Karnali Pardesh Hospital 9858031200
Karnali Pardesh Hospital 9858074200